play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

एसियाली खेलकुदको दोस्रो दिन आज नेपालले ७ खेलमा प्रतिस्पर्धा गर्दै

0

एसियाली खेलकुदको दोस्रो दिन आज(आइतबार) नेपालले विभिन्न ७ खेलमा प्रतिस्पर्धा गर्दैछ ।

अन्तर्राष्ट्रिय खेलकुदमा नेपालका लागि सबैभन्दा सफल खेल तेक्वान्दोमा आज नेपालले ३ विधामा आफ्नो चुनौती पस्कँदैछ ।

पुरुष पुम्सेअन्तर्गत अन्तिम १६ मा कमल श्रेष्ठले चाइनिज ताइपेइका चेन चिङसँग प्रतिस्पर्धा गर्नेछन् भने महिला एकल पुम्सेको अन्तिम १६ मा पार्वती गुरुङले चाइनिज ताइपेइकै लियाउ वेन सुवानसँग खेल्नेछिन् ।

तेक्वान्दोकै महिला टिम पुम्से अन्तिम १६ मा नेपालले उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

महिला टिममा पार्वतीसँगै निता गुरुङ र सिना मादेनले प्रतिस्पर्धा गर्नेछन् । तेक्वादोको पुम्सेतर्फ यो नेपालको पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हो ।

आजै नेपालले उसुमा पनि प्रतिस्पर्धा गर्दैछ । पुरुष छान छ्वाङमा विजय सिंजालीले प्रतिस्पर्धा गर्नेछन् भने पुरुष सान्डा ६० केजीको अन्तिम १६ मा नेपालका मंगलप्रसाद थारुले इन्डोनेसियाका सोफियान अब्दुल ह्यारिससँग खेल्नेछन् ।

पुरुषकै सान्डा ७० केजी अन्तिम १६ मा नेपालका चित्रसिंह ठकुरीले दक्षिण कोरियाका ह्याम ग्वान्सिकसँग प्रतिस्पर्धा गर्नेछन् ।

महिला सान्डा ५२ केजी अन्तिम १६ मा जुनी राईले भियतनामकी एनजुएन थोएसँग खेल्नेछिन् ।

उसुकै महिला नान छ्वान र नान्दाओमा नेपालकी निमा घर्तीमगरले प्रतिस्पर्धा गर्ने छिन् ।

ब्याडमिन्टनतर्फ नेपालले पुरुष र महिला दुवैको टिम इभेन्ट्समा प्रतिस्पर्धा गर्नेछ ।

सोझै अन्तिम १६ खेल्ने मौका पाउँदा नेपाली पुरुष टोलीले पाकिस्तान तथा महिला टालीले माल्दिभ्सँग प्रतिस्पर्धा गर्नेछन् ।

फेन्सिङको महिला एकल साब्रेमा नेपालकी कमला श्रेष्ठले आजै तीन खेल खेल्नेछिन् ।

समूह ‘सी’ अन्तर्गतको खेलमा श्रेष्ठले हङकङकी आउ सिन यिङ, मंगोलियाकी युनदेनदोर्ज अरुनजाया र जापानकी तामुरा नोरिकासँग प्रतिस्पर्धा गर्नेछिन् ।

यसैगरी महिला एकल साब्रोमै रविना थापाले दक्षिण कोरियाकी युआन जिसु, क्याम्बोडियाकी छाए लिन्ली र इरानकी राफिई देखे फैजेहसँग खेल्नेछिन् ।

फुटबलतर्फ समूह डीको अन्तिम खेलमा नेपालले पाकिस्तानसँग खेल्नेछ ।

त्यस्तै कबड्डीको पुरुषतर्फ आयोजक इन्डोनेसियाको सामना गर्नेछ भने सुटिङको १० मिटर एयर राइफल मिक्स टिममा नेपालले प्रतिस्पर्धा गर्नेछ ।

Share.

Leave A Reply