अफगानिस्तानमा २२ लडाकू मारिए

0

भदौ, २ ।
अफगानिस्तानको जाबुल प्रान्तमा भएको हवाई कारबाहीमा परी कम्तीमा २२ लडाकू मारिएका छन् । अफगान हवाई बलले शुक्रबार गरेको कारबाहीमा उनीहरु मारिएका स्थानीय अधिकारीले शनिबार जानकारी दिएका छन् । मारिएका तालिबान लडाकूमा स्थानीय कमाण्डर मुल्लाह ताटिफ, असाडुल्लाह, असिर र बार्याली पनि रहेको उहाँले बताउनुभयो । आक्रमणका क्रममा लडाकूले प्रयोग गर्ने गरेको ११ ओटा मोटरसाइकल पनि नष्ट भएको प्रहरी प्रमुख मायरले जानकारी दिनुभयो ।

Share.

Leave A Reply