कर विवाद समाधानका लागि दुई समिति गठन

0

१ भदौ, सरकारले करको विवाद समाधानका लागि दुई वटा छुट्टा-छुट्टै समिति गठन गरेको छ ।मन्त्रिपरिषद बैठकले सचिवस्तरीय समिति गठन गरेको छ भने अर्थमन्त्रालयले सहसचिवको संयोजकत्वमा समिति बनाएको छ । संघीय मामिलमा तथा सामान्य प्रशासन मनत्रालयका सचिव दिनेश थपलियाको संयोजकत्वमा गठित समितिले हाल संघ, प्रदेश र स्थानीय तहबीच उत्पन्न कर विवाद र अहिले उठेका करका दरहरुसम्बन्धी सवालहरु सम्बोधन गर्न सरकारलाई सुझाव दिनेछ ।समितिमा अर्थमन्त्रालयका राजश्व सचिव शिशिरकुमार ढुंगाना र वित्त आयोगका सचिव बैकुण्ठ अर्याल सदस्य छन् ।
यस्तै अर्थ मन्त्रालयले पनि उद्योग व्यवसायीले दोहोरो करबारे उठाएका सवालाई सम्बोधन गर्न अर्को समिति गठन गरेको छ ।
संघ, प्रदेश र स्थानीय तहमा दोहोरो पर्ने गरी कर निर्धारण गरिएको व्यवसायीको दावीमाथि छानविन गरेर सुझाव दिन अर्थमनत्रालयका राजश्व महाशाखका प्रमुख हरिशरण पुडासैनीको नेतृत्वका व्यवसायी सहितको समिति बनाइएको अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए ।दुबै समितिमार्फत आउने प्रतिवेदनका आधारमा सरकारले कदम चाल्ने अर्थमन्त्री खतिवडाले जनाए । लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको बताए ।

Share.

Leave A Reply