play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

हिमाल युवा क्लब चम्पानगरको आयोजनामा २ दिने निःशुल्क दन्त शिविर सुरु

0

भदौ ०१, हिमाल युवा क्लब भरतपुर १३, चम्पानगरको आयोजनामा संचालन भएकोे २ दिने निःशुल्क दन्त शिविर सुरु भएको छ । शिविरकोे आज पहिलोदिन ४४ पुरुष र ५४ महिला गरि ९८ जनाले दन्त परिक्षण गराएका छन् । चितवन मेडिकल कलेजको प्राविधिक सहयोगमा संचालन भएको दन्त परिक्षणमा गीजा सम्बन्धि र दाँत हल्लीने समस्या भएका विरामीहरुको संख्या बढि रहेको क्लवका अध्यक्ष केशव देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरबाट दन्त विरामीले परामर्श सहित दात हाल्ने, दात झिक्ने, दात भर्ने र दात सफा गर्ने सेवा पाएका छन् । भोलि शनिवार सम्पन्न हुने शिविरमा ६०० जना भन्दा बढि लाई दन्त रोगीलाई सेवा दिने लक्ष्य क्लवले लिएको छ । शिविरको एक कार्यक्रमका विच भरतपुर १३ का वडा अध्यक्ष प्रकाश दवाडी उद्घाटन गनुभएको थियो ।

Share.

Leave A Reply