भदौ १, भरतपुरको ग्रीन ल्याण्डपब्लीक स्कुलले लागुपदार्थ दुव्र्यसनी विरुद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । आठ, नौ र दश कक्षामा अध्यनरत विद्यार्थीहरुलाई आज शुक्रवार लागुपदार्थको प्रयोगले हुने असर र दुव्र्यसनीको कारण समाजमा देखिएको विकृती वारेमा जानकारी गराईएको थियो । सचेतनामुलक कार्यक्रमा प्रमुख अतिथितीको रुपमा रहनुभएको डा. भोजराज अधिकारीले भविष्य कस्तो बनाउने भन्ने कुरा विद्यार्थी जिवनले तय गर्ने हुदा लागुपदार्थको असर वारे सम्पुर्ण विद्यार्थीले बुझनु अति महत्वपुर्ण भएको वताउनु भयो । उहाँले विद्यार्थीहरु लाई लागुपदार्थ सेवनले मानव जिवनमा पार्ने असर वारे जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा न्यु वे फाउण्डेसनका भेलन गुरुङ्, अम्बु जि.सी, राजन महत्तो, राधानाथ उप्रेदी भरतपुर महानगर पालिकाका लागुऔषध रोकथाम अभियानका संयोज दिवाकर राज श्रेष्ठ लगायतले विद्यार्थीहरुलाई लागुपदार्थ दुव्र्यसनी विरुद्ध सचेत गराएको ग्रीन ल्याण्ड पब्लीक स्कुललका शिक्षक मनोज खड्काले जानकारी दिनुभयो ।विकृतिको रुपमा तिब्र रुपले बढदै गरेको लागु पदार्थ दुव्र्यशनीको असर बाट विद्यार्थीहरुलाई संचेत गराउने उद्धेश्यले कार्यक्रम गरिएको स्कुलका प्रचार्य इन्दिरा कार्कीले जानकारी दिनु भयो । साथै उहाँले विद्यिार्थी जिवन सिक्ने र सिकाउने भएकाले सचेतनामुलक कार्यक्रम बाट जनेका कुरा विद्यार्थीले घर परिवार र समाजमा समेत फैलाउने उहाले विश्वास गनुभयो ।
ग्रीन ल्याण्डपब्लीक स्कुलको आयोजनामा लागुपदार्थ दुव्र्यसनी विरुद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न
0
Share.