play_circle_outline On Air

बिबिसी नेपाली सेवा

play_circle_outline On Air

बिबिसी नेपाली सेवा

भारतका सन्त नेता वाजपेयीको अन्त्येष्टि, शव यात्रामा लाखौँ सहभागी

0

भदौ,१ ।
भारतका सन्त नेता अटल विहारी वाजपेयीको अन्त्येष्टि गरिएको छ । राजघाटनजिकै राष्ट्रिय स्मृतिमा उनको अन्तिम संस्कार गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अविवाहित र कविको पनि पहिचान बनाएका नेता वाजपेयीको बिहीबार साँझ ५ बजे निधन भएको थियो । अल इन्डिया मेडिकल इन्स्टिच्युट् अफ मेडिकल साईन्सले बिहीबार साँझ उनको निधनको घोषणा गरेपछि भारतीय राजनीतिमा उनको योगदान र व्यक्तित्वको चर्चा शुरु भएको छ । उनी भारतमा तीन पटक प्रधानमन्त्री बनेका थिए । उनको निधनप्रति दुख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द मोदीले उनको निधनले भारतवर्षमै ठूलो र अपुरणीय क्षति पुगेको बताए । उनले वाजपेजी भारतका एक सम्मानित व्यक्ति भएको पनि बताए । वाजपेयीको अन्तिम यात्रामा हुनसक्ने ठूलो जनसहभागितालाई मध्यनजर गरेर आज भारतीय राजधानी नयाँ दिल्लीकै सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । बाजपेयीको निधनमा सात दिनसम्म औपचारिक कार्यक्रम नगरी शोक मनाइने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भारत सरकारले गरेको छ । यसैबीच भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उप राष्ट्रपति बैन्काय नाइडु, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंहलगायतका नेताले वाजपेयीको निधनप्रति शोक व्यक्त गरेका छन् ।

Share.

Leave A Reply