हेटौँडा,१ भदौ ।
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अनधिकृतरुपमा कर बढाउने स्थानीय निकायलाई कारवाही हुने बताउनुभएको छ । मुख्यमन्त्री कार्यालयको आयोजनामा आज हेटौँडामा आयोजित देवानी तथा फौजदारी संहिता कार्यान्वयन विषयक कार्यक्रममा उहाँले २० वर्षपछि बढेको न्यूनतम करलाई बढाइचढाई जनतामा त्रास सिर्जना गर्ने काम गरेकोले त्यसो नगर्न पनि अनुरोध गर्नुभयो । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले राम्रा र गतिला कामहरु पनि गरेको र यसको प्रचार प्रसारसमेत गरिदिन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेलले देवानी तथा फौजदारी संहिताको विरोध गर्नुको कुनै अर्थ नभएको बताउनुभयो । आजदेखि लागू हुनेगरी आएको ऐनले केही न केही रुपमा राजनीतिक परिवर्तनको गतिलाई पकड्न खोजेको दाबी गर्दै उहाँले यस ऐनको विरोध गर्नुभन्दा पनि कार्यान्वयनमा सबैले साथ दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा ३ नं प्रदेशका सभामुख, मुख्यमन्त्री, मन्त्रीहरु, सांसदहरु, सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरु, कानून क्षेत्र विशिष्ट व्यक्तित्व तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।
कर बढाउने स्थानीय निकायलाई कारवाही हुन्छ ः मुख्यमन्त्री पौडेल
कर बढाउने स्थानीय निकायलाई कारवाही हुन्छ ः मुख्यमन्त्री पौडेल

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु