play_circle_outline On Air

काउँनडाउन शो

play_circle_outline On Air

काउँनडाउन शो

राष्ट्रियसभा समितिका सभापतिको निर्वाचन पछि स¥यो

0

भदौ १ – राष्ट्रियसभा समितिका सभापतिको निर्वाचन आगामी भदौ १७ गते हुने भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विदेशमा रहेका कारण समितिका सभापतिको चुनाव धकेलिएको हो ।

यसअघि भदौ पाँच ५ गतेका लागि उक्त समितिको निर्वाचनको मिति तोकिएको थियो। तर कांग्रेस सभापति देउवा उपचारका लागि देश बाहिर रहेको र सभामुख कृष्णबहादुर महरा पनि केही दिनमा चीन भ्रमणमा जाने कार्यक्रम रहेकोले उक्त चुनाव धकेलिएको बुझिएको छ । राष्ट्रियसभाका विषयगत समिति निर्माणमा ढिलाइ हुँदा अत्यावश्यक विधेयकमाथि दफादार छलफलको काम रोकिएको छ।

Share.

Leave A Reply