play_circle_outline On Air

लोक ढुकढुकी

play_circle_outline On Air

लोक ढुकढुकी

झण्डै तीन वर्षपछि टिकापुर हत्याकाण्डको सुनुवाई सुरु

0

साउन,३० । 

झण्डै तीन वर्षपछि टिकापुर हत्याकाण्ड घटनाको मुद्धा सुनुवाईको प्रक्रिया सुरु भएको छ। २०७२ भदौ ७ गते भएको घटनाको आज पहिलो पेशी जारी छ । पेशीका लागि टिकापुर घटनाको आरोपमा पक्राउ कैलाली कारागारमा रहेका २४ थुनुवालाई अदालतमा ल्याईएको श्रेष्तेदार इन्द्र कठायतले जानकारी दिए । थरुहट आन्दोलनको क्रममा २०७२ भदौ ७ गते आन्दोलनकारी र प्रहरीबिच दोहोरो झडपमा १ नाबालक र ७ प्रहरीको ज्यान गएको थियो । घटनामा संलग्न रहेको अभियोगमा रेशम चौधरीसहित २६ जना पुर्पक्षको लागि थुनामा छन् । नाबालकलाई पोखरास्थित बाल सुधार गृह, सांसद रेशम चौधरीलाई काठमाडौँको डिल्लीबजारस्थित सदरखोर कारागारमा र अन्यलाई कैलाली कारागारमा राखिएको छ । उनीहरूविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दा चलाएको जिल्ला अदालत कैलालीले जनाएको छ । घटनाको मुख्य योजनाकारको आरोप लागेको रेशम चौधरीको पेशी बिहीबार हुने जनाइएको छ । चौधरीको बिहीबारका लागि सर्वोच्च अदालतले पेशी तोकेको हो ।

Share.

Leave A Reply