play_circle_outline On Air

हाम्रो भाका तपाइको रोजाई

play_circle_outline On Air

हाम्रो भाका तपाइको रोजाई

नारायणगढ पुलचोकदेखि गोन्द्राङसम्मको सडकलाई ६ लेन बनाइने

0

चितवन, साउन ३० ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत मध्य खण्डमा पर्ने चितवनको नारायणगढ पुलचोकदेखि गोन्द्राङसम्मको सडकलाई ६ लेनको बनाउने गरी सर्भे सुरु भएको छ ।

भरतपुर र नारायणगढ क्षेत्रमा पर्ने यो सडकमा अत्यधिक सवारी चाप बढेर दुर्घटनासमेत निम्तिन थालेकोले सडक विस्तार गरी ६ लेनको बनाउने काम अघि बढेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । सडक विस्तारका लागि सर्भेको काम मंगलबारबाट सुरु भएको छ भने, डीपीआर बनाउने काम भइरहेको छ । यो हप्ताभित्र नै सडकको डीपीआर बनेर सडक विभागमा पेस गर्ने तयारी भएको डिभिजन प्रमुख धर्मेन्द्र झाले बताए ।

करिब एक अर्बको लागतमा निर्माण गर्न लागिएको सडकको बीचमा ७र७ मिटरको हाइवे ट्याक, ५र५ मिटरको सर्भिस ट्याक, ३ देखि ४ मिटरको फुटपाथ निर्माण गरिनेछ । साथैं ग्रिनरीको समेत व्यवस्था गरिने सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख धर्मेन्द्र झाले जानकारी दिए । गोन्द्राङदेखि पुलचोकसम्म चार किलोमिटर छ । यो सडकमा अहिले चौंबिसकोठी, भरतपुर आरोलो र बजार क्षेत्रमा चार लेन छ । गोन्द्राङ क्षेत्रदेखि केन्द्रीय बस टर्मिनलचोकसम्म दुई लेन छ । केन्द्रीय बस टर्मिनलदेखि रिजालचोकसम्म चार लेन छ । दुईलेन भएको स्थानमा चार लेन र चार लेन भएको स्थानमा दुई लेन थपिने डिभिजन प्रमुख झाले जानकारी दिए । दशैं लगत्तै निर्माणको काम अघि बढ्ने छ । यो बीचमा टेन्डरलगायतका सबै काम सक्ने योजना छ ।

‘सडक विस्तारका लागि रुखहरु काट्ने काम भइरहेको छ, सँगसँगैं सर्भेको काम पनि अघि बढिरहेको छ’ डिभिजन प्रमुख झाले भने, ‘साइड क्लियरेन्समा कुनै समस्या छैन, काम फटाफट अघि बढ्छ ।’ पूर्वपश्चिम राजमार्गको नारायणगढ पुलचोकदेखि लोथरसम्म सडकमा ५० मिटर चौंडाइ क्लियर भएको प्रमुख झाले बताए । सडक निर्माणको ‘इनिसियसन’ भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले लिइरहेकी छन् । नारायणगढ बुटवल सडकखण्डलाई ६ लेनको बनाउने गरी काम अघि बढिरहेका बेला त्यसको एक खण्डका रुपमा यसलाई पनि विस्तार गर्न लागिएको हो ।

Share.

Leave A Reply