play_circle_outline On Air

काउँनडाउन शो

play_circle_outline On Air

काउँनडाउन शो

दुर्लभ एकसिंगे गैंडा मितिनि र सोल्टीलाइ चितवनबाट विदाई गरियो

0

साउन २९, नेपाल सरकारले उपहार स्वरुप चीन सरकारलाई दुर्लभ एकसिंगे गैंडा पठाउने कार्य सकिएको छ ।मंगलबार चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सौराहाबाट दोश्रो चरणका मितिनि र सोल्टीको चितवनवाट विदाइसगैँ गैडा स्थानान्तरण कार्य सकिएको हो । चीनलाई दुई जोडी गैंडा पठाउने सरकारको निर्णय अन्तर्गत पहिलो चरणमा डेढ बर्षको भद्र र २ बर्षकी रुपसीलाई गएको असार २६ गते विदाई गरिएको थियो ।चीनलाई उपहार दिन डेढमहिनादेखि जैविविधता संरक्षण केन्द्र सौराहामा राखिएको गैंडालाई यसअघि नै भव्य कार्यक्रम गरि गैडाको विदाई कार्य भएकोले फेरि त्यो कार्य नदोहोराई मितिनि र सोल्टीलाई विदाई गएको निकुञ्ज प्रमुख संरक्षण अधिकृत वेदकुमार खड्काले जानकारी दिए ।यो पटक पनि चितवनका संरक्षणकर्मीहरुले दुख मनाउ गर्दै गैडाको चीन जानु भएको खुशीको कुरा भएको बताए । आफहरुले संरक्षण गरेको गैडा लागेसगैँ चीनले पनि यसको बासस्थान र मानव वन्यजन्तुको द्धन्द्धबाट हुने क्षति राहत दिन सहयोग गर्ने अपेक्षा राखेको बाघ संरक्षण समिति अध्यक्ष जीतु तामाङ्गले बताउनुभयो ।
जैविक विविधता संरक्षण केन्द्रका प्रमुख रामकुमार अर्यालले गैंडाको विदाई कार्यक्रमलाई चेलीको विदाईमा भइरहेको पीडा आफुलाई भइरहेको बताउनुभयो ।काठको विशेष प्रकारको खोरमा राखेर गैंडालाई काठमाण्डौं पठाइएको हो । निकुञ्जका प्रमुख वेदकुमार खड्को नेतृत्वमा पशु चिकित्सकसहित राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक र तीन सहयोगी सहितको टोली गैंडासंगै काठमाडौँ गएका छन् ।चीन भने ३ सहयोगीसहित ५ जना जाने समेत प्रमुख खड्काले बताउनुभयो ।काठमाण्डौं पठाइएको गैंडा साउन ३१ गते बोइङमा राखेर नेपालबाट चीन लैजाने कार्यक्रम छ । एक बर्षमा एक जोडीमात्रै पठाउन मिल्ने कानुनी व्यवस्था भएकाले मात्रै दोश्रो फेरि एक जोडी गैडा विदाई गरिएको हो । संरक्षण, प्राकृतिक प्रजनन, अध्ययन, अनुसन्धान र संरक्षण शिक्षा प्रर्वद्धन गर्ने उद्देश्यले नेपाल सरकारले चीनलाई गैंडा उपहार दिने निर्णय गरेको थियो ।

Share.

Leave A Reply