२९ साउन, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को प्रदेशसभालाई भदौ २ गते सम्बोधन गर्ने भएका छन् । प्रदेशसभालाई संबोधन गर्न प्रधानमन्त्री भदौ २ गते आउने तय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।उनले भदौ २ गते विहान ११ बजे संबोधन गर्ने कार्यक्रम भएको सभामुख सरोज कुमार यादवले बताए । प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव हरि फुयालले प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश सभामा सम्बोधन गर्ने जानकारी मुख्यमन्त्रीबाट आएको बताए उनले अहिले पत्र नआए पनि प्रदेशसभा बैठकमा सम्बोधन गर्ने तयारी प्रक्रिया सुरु भइसकेको बताए ।प्रधानमन्त्री ओलीले प्रदेश १, प्रदेश ३, गण्डकी र प्रदेश ५ को प्रदेशसभालाई संबोधन गरिसकेका छन् ।
प्रधानमन्त्रीले भदौ २ गते प्रदेशसभा २ मा सम्बोधन गर्ने
0
Share.