play_circle_outline On Air

नेपाल दर्पण

play_circle_outline On Air

नेपाल दर्पण

कोशी नदीको बहावले खतराको संकेत नाघ्याे, सतर्क रहन आग्रह

0

निरन्तर परेको पानीसँगै कोशी नदीको बहावले खतराको संकेत नाघेको छ । पूर्वका पहाडी जिल्लामा दुईदिनदेखि  भारी वर्षा भएसँगै कोशीको बहावले खतराको संकेत पार गरेको हो ।

निन्तरको वर्षाले साना खोलाबाट बाढी आउने क्रम नरोकिएकोले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले सर्वसाधारणसँग अनुरोध गरेको छ ।

कोशीअन्र्तगत बग्ने सिम्लेमा पानीको सतह ९ दशमलव ७३ मिटर पुगको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । कोशीमा १० दशमलव ५ मिटरलाई सतर्कता तह मानिएको छ ।

प्रदेश १ र २ को चुरे क्षेत्रबाट बग्ने लालबकैया, रातु, खाँडो, गागन, सुनसरी, बढी, विरिङ, मेचीलगायत साना नदीमा पनि पानीको बहाव उच्च जोखिम रहेको विभागले जानकारी दिएको छ ।

देशैभर मंगलबार भारी वर्षा हुने भएकाले बाढीको सम्भावना बढी भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ  । महाशाखाका अनुसार पश्चिमी क्षेत्रमा मंगलबार भारी वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागले बाढीबारे उच्च सतर्कता अपनाउन एसएमएस र सामाजिक सञ्जालबाट अनुरोध गरेको छ । विभागले खोलाआसपासमा मनसुन भर एसएमएसबाट अग्रिम सूचना प्रवाह गर्दे आएको छ ।

Share.

Leave A Reply