play_circle_outline On Air

क्राइमफाइल

play_circle_outline On Air

क्राइमफाइल

अाईसीसीकाे एकदिवसीय वरीयतामा पहिलो पटक नेपाली क्रिकेटर

0

साउन २८, पहिलो पटक अन्तर्राष्ट्रिय एकदिवसीय सिरिज खेलेपछि नेपाली क्रिकेटरहरु अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको एकदिवसीय वरीयतामा पहिलो पटक समावेश भएका छन् ।आईसीसीले सोमबार सार्वजनिक गरेको नयाँ वरीयतामा युवा बलर सन्दीप लामिछाने, ब्याटिङमा अलराउण्डर सोमपाल कामी र ज्ञानेन्द्र मल्ल छन् ।क्रिकेटको २२ वर्षको इतिहासमा पहिलो पटक अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता पाएपछि नेपाली खेलाडीहरुको विश्व वरीयताको ढोका खुलेको हो ।दुई एकदिवसीयमा सन्दीपले ४ विकेट लिएका थिए भने सोमपालले १ अर्धशतकसहित ६१ रन बनाएका थिए । त्यस्तै ज्ञानेन्द्रले पनि १ अर्धशतकसहित ६४ रन बनाएका थिए ।बलिङतर्फ सन्दीप लामिछाने २१७औं वरीयतामा परेका छन् । त्यस्तै ब्याटिङतर्फ सोमपाल २२९औं र मल्ल २३६औं वरीयातामा छन् ।
यसअघि गएको साता चार नेपाली खेलाडीहरु कप्तान पारस खड्का, वसन्त रेग्मी, सोमपाल कामी र शरद भेषावकर पहिलो पटक टी–२० वरीयतामा परेका थिए । एकदिवसीय र टी–२० दुवै वरीयतामा पर्ने सोमपाल एक्ला नेपाली खेलाडी हुन् ।आईसीसीको नयाँ वरीयतामा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली ब्याटिङतर्फ शीर्ष स्थानमा यथावत छन् । त्यस्तै भारतकै जरप्रित बुम्राह बलिङतर्फ शीर्ष स्थानमा रहँदा बंगलादेशी क्रिकेटर सकिव अल हसन अलराउण्डरमा शीर्ष स्थानमा छन् ।

Share.

Leave A Reply