play_circle_outline On Air

नेपाल दर्पण

play_circle_outline On Air

नेपाल दर्पण

निम्बस् युथ वान फ्रेन्डली फुट्सलको उपाधी लियो क्लब अफ माउन्ट एभरेस्टलाइ

0

साउन २८, अन्तराष्ट्रिय युवा दिवसको अवसर आयोजीत निम्बस् युथ वान फ्रेन्डली फुट्सलको उपाधी लियो क्लब अफ माउन्ट एभरेस्टले जितेको छ । भरतपुर महानगरपालिकाको सहयोगमा चितवनमा सक्रिय १४ वटा संस्थाहरूले संयुक्त रूपमा आयोजना गरेको “युथवन युवा फेस्टिभल २०७५“ अन्तर्गत आयोजित खेलको उपाधी लियो क्लब अफ माउन्ट एभरेस्टले योङ्ग राइजिङ्ग नेपाललाई ४ – २ को अन्तरले पछि पार्दै जितेको हो । त्यस्तै महिलाहरुको खेलमा भने बोस्टन इन्टरनेश्नल कलेज बिजयी भएको छ । स्माट स्काउट र वेटर चितवनको संयुक्त टिमलाई २-० ले पछि पार्दै बोस्टन इन्टरनेश्नल कलेज बिजयी बन्यो । बिजयी टिमलाई ट्रफी, मेडल र सर्टिपिकेट प्रदान गरिको थियो । पुरुष तर्फको खेलमा योङ्ग राइजिङ्ग नेपालका आशिष थापा उत्कृष्ट खेलाडी घोषित भए । लियो क्लब अफ माउन्ट एभरेस्टका गोलरक्षक उत्कृष्ट गोल रक्षक घोषित हुँदा टिमका सरज तमु ९ गोल गर्दै सबै भन्दा बढी गोल गर्ने खेलाडी बने । यस्तै महिला तर्फ स्माट स्काउट र वेटर चितवनको संयुक्त टिमकि अस्मिता लामीछाने उत्कृष्ट खेलाडी घोषित भईन भने बोस्टन इन्टरनेश्नल कलेज कि सबिना महतो उत्कृष्ट गोल रक्षक घोषित भईन ।
२६ गते देखि संचालन भएको “युथवन युवा फेस्टिभल २०७५“ मा युवहरुले चित्रकला प्रदर्शनी, युवा प्रेरणा कार्यक्रम, कसले धेरै खाने प्रतियोगिता लगायतका कार्यक्रमहरू गरिएका थियो । कार्यक्रम योङ्ग–नेपाल, बेटर चितवन, नेपाल मैत्रि समाज, प्रोजेक्ट ह्याप्पीनेस, सहयोग द हेल्प, देवघाट थुथ ईम्पावरमेन्ट, मेरो आफनै देश, चितवन स्काउट क्रियु, लियो क्लव अफ नारायणगढ बालकुमारी, स्मार्ट स्टार्टअफ क्लव, बोदर्श नेपाल,थुथ हेल्पीङ्ग सोसाईटी, चितवन लीयो ग्रिन, थुथ मोटिभेटर्स क्लवले संयुक्त रुपमा गरेका हुन । युवाहरूको व्यक्तित्व विकास गर्न र उनिहरुलाई आत्मनिर्भर बनाउने उद्देश्य सहित “युथवन युवा फेस्टिभल २०७५“ गरिएको कार्यक्रम संयोजक रोशनी श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रमको आधिकारिक मिडियाको रुपमा सिनर्जी एफ एम रहेको थियो।

Share.

Leave A Reply