play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

नयाँ मुलुकी ऐन ः गाई वा गोरु मारे तीन वर्ष कैद

0

साउन,२८ ।
अबदेखि कसैले पनि गाई वा गोरु मार्न वा कुट्नसमेत नपाइने भएको छ । मुलुकी अपराध (संहिता) ऐनको परिच्छेद २७ मा पशुपंक्षीसम्बन्धी कसूरको व्यवस्था गरिएको छ ।
भदौ १ गतेदेखि लागू हुने ऐनको दफा २८९ मा गाई, गोरु मार्न वा कुट्न नपाइने व्यवस्था गरिएको हो । ऐनमा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट र्पुयाउने नियतले कुनै काम गर्नु वा गराउन नपाइने भएको छ ।
जुनसुकै कारणले पनि त्यसरी मारे तीन वर्षसम्म कैदको व्यवस्था गरिएको हो । यसका साथै कसैले गाई वा गोरुलाई कुटी अंगभंग भएमा निजलाई ६ महिना कैद र अन्य चोट र्पुयाएमा ५० हजार रुपैयाँसम्म जरिवाना गरिने ऐनमा उल्लेख छ ।

Share.

Leave A Reply