play_circle_outline On Air

काउँनडाउन शो

play_circle_outline On Air

काउँनडाउन शो

बुटवलमा घुससहित यातायातका इञ्जिनियर पक्राउ

0

साउन,२८ ।
बुटवलमा एकजना सरकारी कर्मचारी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले यातायात व्यवस्था कार्यालय बुटवलका मेकानिकल इञ्जिनियर सरोजकुमार साहलाई २० हजार घुससहित आज पक्राउ गरेको हो । नयाँ सवारी साधन दर्ताको लागि इञ्जिनियर साहले २० हजार घुस मागेको थाहा पाएपछि पुगेको अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो । पक्राउ गरेका साहमाथि अनुसन्धान थालिएको अख्तियार बुटवलका प्रमुख प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो ।

Share.

Leave A Reply