play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

चितवन जिल्लामा स्वास्थ्य विमा गर्नेको संख्या डेढ लाख नाघ्यो

0

साउन २७, चितवन जिल्लामा आर्थिक वर्ष ७४/७५ को असार मसान्त सम्ममा १ लाख ५५ हजार जनाले स्वास्थ्य विमामा आफ्नो नाम दर्ता गराएका छन् । चितवन जिल्ला भरी विमा सुविधाबाट १ लाख ७९ हजार विमितहरू लाभान्वित भएको स्वास्थ्य विमा बोर्ड चितवनकी दर्ता अधिकारी निर्मला भट्टराईले बताउनुभयो । उहाँका अनुसार मकवानपुर, गोरखा, बाग्लुङ लगायतका जिल्लाबाट पनि विमितहरू सुविधा उपभोग गर्न चितवन आउने गरेका छन् । हाल चितवनका ९ अस्पतालसहित ३ प्राथमिक स्वास्थ्य केन्द्रबाट विमा सुविधा उपभोग गर्न पाइने व्यवस्था छ । भट्टराईका अनुसार चितवन जिल्लामा सबैभन्दा धेरै चितवन मेडिकल कलेज शिक्षण अस्पतालबाट ९७ हजार ७ सय १५ जनाले विमा सुविधा प्राप्त गरेका छन् । त्यसैगरी सबैभन्दा थोरै मनकामना अस्पतालबाट ३३२ जनाले सेवा लिएका छन् । अन्य सेवा प्रदायक अस्पतालहरूमा भरतपुर अस्पतालबाट ३५ हजार ७ सय ५९, कलेज अफ मेडिकल साइन्सेस बाट १० हजार ९८, वि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट ९ सय पाँच, भरतपुर आँखा अस्पतालबाट १० हजार 6 सय ९, बगौडा अस्पताल माडीबाट १ हजार ९ सय ३८ र बकुल्लर अस्पताल रत्ननगरबाट ११ हजार ४ सय ९३ जना विमितहरूले सुविधा लिएका छन् । त्यसैगरी खैरहनी, जुटपानी र शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रबाट क्रमशः ६ हजार १ सय ९२, २ हजार ९ सय ७२ र १ हजार ३ सय ८८ जनाले लाभ लिएका छन् । चितवन जिल्लामा स्वास्थ्य विमा सेवा २०७४ भाद्र १ गतेबाट सुरु भएको थियो । सो सेवाअन्तर्गत विमितले रु. २५ सयमा नाम दर्ता गरी रु ५० हजार बराबरको औषधोपचार सेवा प्राप्त गर्न सक्नेछन् ।

Share.

Leave A Reply