play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

मकवानपुरको मनहरीबाट ११३ किलो गाँजासहित एक पक्राउ

0

साउन २७ ।
प्रदेश ३ प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागूऔषध ११३ किलो गाँजासहित एक जना पक्राउ गरेको छ । चितवनको शक्तिखोरबाट गाँजा लोड गरी बाराको जितपुर गइरहेको ना ४ ख २९३ नम्बरको ट्रक र उक्त ट्रकका चालक विष्णु भक्त श्रेष्ठलाई प्रहरी निरीक्षक रोशन थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले मकवानपुरको मनहरीबाट आज नियन्त्रणमा लिएको हो ।

उक्त नम्बरको कन्टेनरमा प्रतिबन्धित लागूऔषध ल्याइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोलीले पिछा गर्दै जाने क्रममा उनीहरूलाई पक्राउ गरिएको बताइएको छ । कन्टेनरको पछाडि पट्टीको भागमा ६ वटा प्लास्टिकको बोरामा राखी लुकाइछिपाइ ल्याएको ३५ वटा प्याकेटमा गरी जम्मा ११३ किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरीएको गाँजा र सवारी साधन सहित आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय मनहरीमा बुझाइएको छ ।

Share.

Leave A Reply