चितवनलाई सिंगापुर जस्तो पर्यटनको हब बनाउन सकिन्छ: प्रचण्ड

0

साउन २६, पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन जिल्लालाई सिंगापुर जस्तो पर्यटनको हब बनाउन सकिने बताएका छन् ।चितवन पर्यटन विकास समितिले भरतपुरमा गरेको ‘चितवनको पर्यटन विकासमा स्थानीय सरकार तथा निजी क्षेत्रको भूमिका’ विषयक’कार्यशालामा जनप्रतिनिधिहरुको विचार सुनेपछि अध्यक्ष प्रचण्डले यस्तो धारणा राखेका हुन् । उनले भर्खरै म सिंगापुर केही हप्ता बसेर त्यहाँको विकासको बारेमा अध्ययन गर्नै अवसर पाएको थिए । त्यस्तै, भरतपुरको नगरवन हेर्दा सिंगापुरको आइसल्याण्डको मोडलमा भरतपुरको विकास गर्न सकिने विचार राखे ।नेपालका व्यवसायीले दुबई र कतारमा पाँचतारे होटलमा लगानी गरिरहेको बताउँदै पूर्वप्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रको पूँजीलाई नेपालमा नै लगानी गर्ने वातावरण बनाउनुपर्नै बताए । त्यसभित्रकै व्यवसायीले लगानीको लागि सुरक्षित नठानेको अवस्थामा विदेशी लगानी भित्र्याउँन नसकिने अध्यक्ष प्रचण्डको विचार थियो ।
नेपालको विकासमा व्यवसायीलाई प्रोत्साहित गर्न चिनियाँ मोडल राम्रो हुने उनले बताए । जसरी हुन्छ देशको हितको लागि लगानी गर्नृे व्यवसायीहरु चाहिएको उनले बताए ।माडी नगरपालिकाका जनप्रतिनिधिले राखेको गुनासोको जवाफ दिँदै माडीको विकासको लागि २०३९ सालमा बनेको निकुञ्ज ऐन नै बाधक रहेको बताए । उनले माडीमा सडक पु¥याउनको लागि निकुञ्जमाथि आकाशे पुल वा भूमिगत सडक आवश्यक पर्नै विचार राखे । कानुनको निर्माण भएपछि त्यो कुरा सम्भव हुने उनले बताए ।

Share.

Leave A Reply