play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

बीपी कोइराला क्यान्सर अस्पतालको सेवा चुस्त–दुरुस्त बनाउन निर्देशन

0

चितवन, साउन २६ ।
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको सेवा चुस्त–दुरुस्त बनाउन निर्देशन दिएका छन् । शनिबार अस्पतालको निरीक्षणपछि बोल्दै मन्त्री यादवले अस्पतालमा आउने बिरामीहरुलाई सहजरुपमा राम्रो उपचार दिन निर्देशन दिए । उनले अस्पतालको निरीक्षण गर्दा मुलुकको साधन–स्रोत र क्षमताले भ्याएसम्म राम्रो उपचार पाउने केन्द्रकारुपमा विकास हुँदै गइरहेको आफूले पाएको बताए । मन्त्री यादवले अस्पतालको सेवा अझ प्रभावकारी बनाउन नयाँ प्रविधिहरु भित्र्याउन आवश्यक रहेको पनि औंल्याए ।

Share.

Leave A Reply