play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

जुगेडी पुलबाट आज बिहान ट्रक खस्दा दुई जनाको मृत्यु,एक जना गम्भीर घाइते

0

साउन २६, नारायणगढ­-मुग्लिन सडकखण्डअन्तर्गत पर्ने जुगेडी पुलबाट ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन् । भरतपुर महानगरपालिका-२९ मा रहेको जुगेडी पुलबाट आज बिहान एमएचच ४२ टी ०३४३ नम्बरको भारतीय ट्रक खसेको हो । चाउचार र पापडलगायतका समाग्री बोकेर काठमाडौं आउँदै गरेको उक्त ट्रक बिहान साढे चार बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्रक चालक भारत बलरामपुरका २५ वर्षीय जुबेर मोहम्मद र नाम नखुलेका अर्का एक पुरुषको मृत्यु भएको छ। प्रहरीका अनुसार, एक जनाको घटनास्थलमै र एक जानको उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका भारत बलरामपुरका करिब ४० बर्षीय फिरोज आलमको कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पतालमा उपचार भैरहेको छ। ट्रक पुलबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Share.

Leave A Reply