गृहमन्त्री रामबहादुर थापा बादलले पक्राउ परेका विप्लव नेतृत्वका नेकपाका प्रवक्ता प्रकाण्ड अपराधी भएको बताउनुभएको छ। चितवनको भरतपुर विमानस्थलमा पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री वादलले प्रकाण्ड अपराधी भएकै कारण पक्राउ गरिएको स्पष्ट पार्नुभयो । प्रकाण्ड गैरकानुनी काम र ध्वंसात्मक गतिविधिमा संलग्न भएको र चन्दा आतंक मच्चाएकोले वारेन्ट जारी गरेर नै पक्राउ परेको बताउनुभयो । बादल गृहमन्त्री हुँदा प्रकाण्डको हातमा हथकडी लाग्यो नी भन्ने पत्रकारको प्रश्नमा गृहमन्त्री बादलले गृहमन्त्रीको काम कानुनको कार्यान्वयन गर्नु भएको बताउँदै अपराधीलाई नियन्त्रणमा लिने र सजाय दिने क्रममा यस्ता घटना भएको उल्लेख गर्नुभयो । गृहमन्त्री बादलले विप्लव नेतृत्वको नेकपासँगका मुद्धा राजनीतिक र प्रशासनिक रुपमा हल गरिने बताउनुभयो । उहाँले २४ घण्टा भित्रै अपहरणकारी र हत्यारालाई निष्क्रिय पार्न सरकार सफल भएको बताउँदै भक्तपुरमा अपहरणकारीलाई गरिएको इन्काउन्टर सहि भएको प्रस्ट पार्नुभयो । उहाँले इन्काउन्टर फेक नभएको र मुठभेडकै क्रममा प्रहरीले गोली चलाएको बताउनुभयो ।
प्रकाण्ड अपराधी हुन् गृहमन्त्री बादल
प्रकाण्ड अपराधी हुन् गृहमन्त्री बादल

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु