play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

नेकपा प्रवक्ताबाट राजिनामा दिएका नारायणकाजी श्रेष्ठले राजिनामा फिर्ता नलिने

0

साउन २३- नेकपाका अध्यक्षद्वयले नेकपाका प्रवक्ताबाट राजीनामा दिएका नारायणकाजी श्रेष्ठलाई राजीनामा फिर्ता लिन गरेको आग्रह अस्वीकार गरेका छन्। आज बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रेष्ठलाई राजीनमा फिर्ता लिन आग्रह गरेका थिए। तर उनले स्वेच्छाले आनन्दपूर्वक राजीनामा दिएको बताए ।यसको निर्णय गर्नका लागि बिहीबार पनि बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । केही दिन अघि डाक्टर गोविन्द केसीको अनसनलाई समर्थन गरेको भन्दै अध्यक्षहरुले स्पष्टिकरण माग गरेपछि उनले प्रवक्ता पदबाट राजिनामा दिएका थिए ।गत साउन ७ गतेको सचिवालय बैठकमा डा गोविन्द केसीको जारी अनसनको विषयमा श्रेष्ठको सक्रियतालाई लिएर अध्यक्षद्वयले मौखिक स्पष्टिकरण सोधेपछि श्रेष्ठले प्रवक्ताबाट राजीनामा दिएका थिए।

Share.

Leave A Reply