play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

अब देखि जापानले पनि दक्षिण कोरिया मोडलमा कामदार लैजाने

0

साउन २२, सरकारले जापानमा नेपाली कामदार पठाउन जापान सरकारसँग छलफल शुरु गरेको छ । सरकारी संयन्त्रमार्फत नै नेपाली कामदार पठाउने सवालमा जापानको सम्बन्धित मन्त्रालयसँग छलफल भइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक उच्च अधिकारीले जनाएका छन् । ती अधिकारीका अनुसार यो विषयमा श्रममन्त्रीले जापानसँग चरणबद्ध रुपमा छलफल गरिरहेको छ । यद्यपि, यो विषय सार्थक हुन केही समय भने लाग्ने ती अधिकारीको भनाई छ । उनले यो कुटनीतिक विषय भएकाले एक÷दुईदिन भित्र परराष्ट्र मन्त्रालय स्तरबाटै छलफल अगाडी बढाइने बताए । नेपालीहरु कमाउनका लागि विद्यार्थी भिसाको प्रयोग मार्फत निकै बढी जापान गइरहेका छन् । विद्यार्थी भिसा सहजै पाइने भएकाले सोही भिसालाई धेरै नेपालीहरुले जापान प्रवेशको माध्यम बनाउँदै आएका छन् । पछिल्लो समय जापान नेपालीहरुको आर्कषक गन्तव्य बनेको छ ।
नेपाल र जापान सरकारबिचको छलफल सफल भएर कार्यान्वयनमा आए नेपालबाट जापान जान शुल्क समेत सस्तो पर्ने ती अधिकारीको भनाइ छ । अहिले दक्षिण कोरियामा नेपाली कामदार पठाएजस्तै जापानमा पनि नेपाली कामदार पठाउँन लागिएको ती अधिकारीले भने । दक्षिण कोरिया प्रवेशका लागि इपिएस परिक्षा उतिर्ण गरेपछि एक लाख रुपैयाँ शुल्क तिरेर जान पाइरहेका छन् । इपिएस प्रणाली लागु हुनुभन्दा पहिला ८ लाख रुपैयाँसम्म तिरेर नेपाली कामदार दक्षिण कोरिया जाने गरेका थिए ।

Share.

Leave A Reply