२१ साउन । हरितालिका तिज नजिकिदै गरेको अवसरमा पोखराका संचारकर्मी तथा गायक वसन्त बरालको तिज गीत “आउ न बसन” सार्बजनिक भएको छ। लामो समय देखि पत्रकारिता पेशा अगाल्दै आएका बरालले शिव फिल्म प्रा.लि द्धारा तिज गीत बाहिर ल्याएका हुन। सन्तोष बरालको शब्द संकलन रहेको यस गीतमा चर्चित लोकदोहोरि गायक प्रदीप त्रिपाठीको लय संकलन रहेको छ भने चर्चित लोकदोहोरी गायिका सम्झना भन्डारिको साथमा वसन्त बरालले स्वर भरेका छन् ।
पहिलो सांगीतिक कोसेली स्वरुप “आउ न बसन” ल्याएका बरालले यस गीतलाई दर्शकस्रोताहरुले अत्याधिक मन पराएका हुदा अबको समयमा निरन्तर सांगीतिक क्षेत्रमै लागी रहने बताएका छन। शिव फिल्म प्रा.लि बाट बाहिर आएको यस तिज गीतमा चर्चित नृत्य निर्देशक शिव परियारको नृत्य निर्देशन ,रबिन बि.क को सम्पादन र शम्भु चालिसेको छायांकनको साथमा चितवन कै चेली बिनिता ओझाको साथमा आशिष गुरुङको उकृष्ट अभियान देख्न सकिन्छ।
पोखराका संचारकर्मी तथा गायक वसन्त बरालको तिज गीत “आउ न बसन” सार्बजनिक (भिडीयो सहित)
0
Share.