play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

नेपाली कामदारले आफन्तलाई कोरियामै भेट्न पाउने

0

२१ साउन, नेपाली कामदारलाई करार अवधिमा कम्तिमा एकपटक आफ्नो परिवारलाई कोरिया लैजान दिने व्यवस्था गर्न कोरिया सहमत भएको छ । श्रम तथा रोजगरमन्त्री गोकर्ण बिष्टले यसअघिको भेटमा कोरियन राजदूत पार्क योंगसिकलाई कामदारको सम्झौता अवधिभित्र कोरियामै आफ्ना परिवारका सदस्यलाई भेट्ने अवसर मिलाइदिन प्रस्ताव गरेका थिए । भएको भेटवार्तामा राजदूत पार्क योंग सिकले यो व्यवस्था लागु गर्न तयारी भईसकेको जानकारी दिएको श्रम तथा रोजगार मन्त्रालयले जानकारी दिएको छ । उनले कामदारको आफन्तलाई कोरियामा भेटघाट गर्न जाने अवसर मिलाइ सकिएको र केहि कामदारका आफन्तहरुले भेटघाट गरेर आईसकेको बताएको श्रम मन्त्रालयका सहसिचव प्रकाश दाहालले जानकारी दिए । कोरियाले यो योजनाको अाैपचारिक घोषाणा केही समयभित्रै गर्नेछ ।
कोरिया पुगेका केही कामदारमा डिप्रेशनको समस्या देखिएको छ । मानसिक रुपमा उब्जिएका समाधान गर्न पनि यसले भूमिका खेल्ने विश्वास सहित सरकारले यस्तो प्रस्ताव गरेको थियो ।यसअघिकै भेटमा कोरियन राजदूतले सकारत्मक जवाफ दिँदै आफ्नो सरकारसँग पहल गर्ने बताएका थिए । सोमबारको भेटमा राजदूत योंगसिकले कोरियाले आफन्तलाई निश्चित समयका लागि कोरिया लैजान पाउने व्यवस्था गरिएको जानकारी दिएका छन् ।कोरिया पुगेका कामदारले निश्चित अवधिका लागि परिवारका सदस्यलाई त्यहाँ लैजान पाएमा त्यसले मनोवैज्ञानिक रुपमा पनि निकै उत्साह थप्ने विश्वास सरकारको छ ।

Share.

Leave A Reply