play_circle_outline On Air

Khulduli.com

play_circle_outline On Air

Khulduli.com

नेपाल आदिवासी जनजातिले २४ औ विश्व आदिवासी दिवस मनाउने

0

 

 

साउन २१, भरतपुर ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद चितवनले विश्व आदिवासी दिवस मनाउने भएको छ । महासंघले आज भरतपुरमा पत्रकार सम्मेलन गर्दै साउन २४ गते नारायणी कला मन्दिर नारायणगढमा सांस्कृतिक कार्यक्रमका साथ  दिवस मनाउने जानकारी दिएको हो । विश्वभर ‘आदिबासी जनजातिको बसाईसराई र स्थान्तरण’ भन्ने नारा सहित २४ औ विश्व आदिबासी दिवस मनाइने भएपनि नेपालमा भने ‘अधिकार, प्रतिनिधित्व, स्वायत्तता, स्वशासनका लागि आदिवासी जनजातिको अडान मानव पहिचान सहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान’ भन्ने नारासहित यो दिवस मनाउन लागिएको नेपाल आदिबासी जनजाति महासंघका जिल्ला समन्वय परिषद चितवनका अध्यक्ष सुरवीर थापाले जानकारी दिनुभयो । समितिका सचिव महेन्द्र दुराले आदिवासी जनजातिका मुलभूत मुद्धाहरु पहिचान अधिकार, प्रतिनिधित्वलगायतलाई संविधानमा उचित ढङ्गले सम्बोधन गर्न नसकेको भन्दै बाध्यतावस अन्दोलनको आधार निमार्णका लागि यो दिवस मनाउन लागिएको प्रष्ट पानुभयो ।

Share.

Leave A Reply