जिबन रानाभाट
साउन २१, चितवनको भरतपुर महानगरपालिका– २५ मा आज बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ वडा नम्बर २५ स्थित राप्तीदुन मध्यवर्ती सामुदायिक वनमा बिहान साथीहरूसँगै घाँस काट्न गएकी सुशीला डुम्रेलाई बाघले आक्रमण गरेको थियो ।बिहानको समयमा घास काट्न गएका उनीहरु मध्ये डुम्रेलाइ बाघले लागेको थियो जंगलभित्र सिमलको रुख मुनि उक्त महिलाको सव फेला परेको थियो उक्त बाघलाइ अहिले कसारा बनले ल्याएको छ भने मुचुल्का उठाई ति महिलाको सव पोस्टमार्टमको लागि भरतपुर अस्पताल ल्याइएको छ डुम्रेलाई बाघले आक्रमण गरेको देखेपछि अर्का एकजना बेहोस भएकाले उपचारका लागि अस्पताल ल्याईएको र एकजनाले भागेर ज्यान जोगाएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए । यो आर्थिक वर्षमा बाघले मान्छेमाथि आक्रमण गरेको पहिलो हो । अघिल्लो वर्ष बाघको आक्रमणबाट तीनजनाको मृत्यु भएको जनाइएको छ ।