play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

सांसद निरु पाल पेस्तोल प्रकरणः ३ सय ३५ समातिए, शंकास्पद १२ जना प्रहरी नियन्त्रणमै

0

साउन, २१ ।

महानगरीय प्रहरी परिसर काठमाडौँले सांसद निरु पाल पेस्तोल प्रकरणमा हालसम्म ३ सय ३५ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं प्रहरीका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार साउन १५ साँझ गते भएको भनिएको घटनाको जानकारी पाएलगत्तै साउन साउन १८ गते शुक्रबारदेखि आइतबारसम्म ३ सय ३५ जना शंकास्पद व्यक्तिहरुलाई पक्राउ गरिएको छ ।

आइतबार मात्रै प्रहरीले बालाजु, गोंगबु लगायतका क्षेत्रबाट १ सय ९५ जना शंकास्पद व्यक्तिहरुलाई पक्राउ गरेको थियो ।

एसएसपी पोखरेलका अनुसार हालसम्म पनि नेकपाकी सांसद निरु पालले आफूमाथि भएको ‘आक्रमण’ र लुटपाटबारे प्रहरीलाई औपचारिक जानकारी वा उजुरी दिएकी छैनन् ।

यद्यपि घटनाको जानकारी आएपछि अपराधी खोज्नु आफूहरुको कर्तव्य भएको भन्दै आफूहरुले दैनिकरुपमा गुण्डागर्दी र आपराधिक गतिविधिमा संलग्नहरुलाई पक्राउ गरी सोधपुछ गरिरहेको एसएसपी पोखरेलले बताए ।

यसअघि काठमाडौँ प्रहरीले सांसद निरु पालसँग भेटघाट गरी घटनामा संलग्नहरुको हुलिया र जानकारी लिएको थियो । त्यसैको आधारमा प्रहरीले यति धेरै सङ्ख्यामा शंकास्पद व्यक्तिहरुलाई पक्राउ गरेको हो ।

Share.

Leave A Reply