play_circle_outline On Air

नेपाल दर्पण

play_circle_outline On Air

नेपाल दर्पण

चितवनमा म्याजिक दुर्घटना, एकको मृत्यु, १० घाइते (नामावलि सहित)

0

चितवन, साउन २०
गीतानगरबाट नारायणगढ आउँदै गरेको म्याजिक दुर्घटना हुँदा आज बिहान एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् । गीतानगरबाट नारायणगढ आउँदै गरेको ना १ ज ६६२५ नम्बरको म्याजिक अनियन्त्रित भई भरतपुर–८ सीताराम चोकमा दुर्घटना हुँदा भरतपुर महानगरपालिका–१४ भीमसेन नगरका २४ वर्षीय सुदिप भुजेलको मृत्यु भएको हो । घाईते हुनेहरुमा भरपुर ६ गीतानगरका सिमा ढकाल, बिक्रम परियार, सन्जोक मगर, विवेक देवकोटा, हरिलाल चापागाई, चित्रकला चापागाई, भरतपुर २२ का बिक्रम महतो, तनहु ब्यास नगरगपालिका ६ की पुनम परियार, भरतपुर १४ का बलराम बिक र भरतपुर १९ की चन्ध्या न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाईते मध्ये भरतपुर १९ की चन्ध्या न्यौपानेको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । दुर्घटनाका घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । म्याजिकमा ११ जना यात्रु रहेका थिए ।

Share.

Leave A Reply