play_circle_outline On Air

जेनेरेशन एक्स

play_circle_outline On Air

जेनेरेशन एक्स

मगर संघको प्रशिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न

0

साउन १९। नेपाल मगर संघ सिद्धार्थ नगर समिति पूर्वी चितवनले शनिवार भण्डारामा प्रशिक्षण तथा सम्मान कार्यक्रम गरेको छ । कार्यक्रममा मगर समुदायको पहिचान र इतिहास सम्बन्धी प्रशिक्षण र मगर समुदायबाट एसइइ परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरिएको हो । कार्यक्रममा नेपाल मगर बौद्ध समितिका केन्द्रीय सल्लाहाकार टेकबहादुर थापाले मगर समुदायको धर्म,संस्कृति,इतिहास तथा नेपाल मगर संघ जिल्ला समन्वय समिति चितवनका अध्यक्ष खिमबहादुर थापामगरले संघको संगठानिक संरचनाका विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा एसइइ परीक्षामा ए प्लस अंक ल्याई उर्तीण हुने विशाल सारु मगर,आलेश थापामगर,दिप्ता थापा मगर र बैंकिङ क्षेत्रमा लामो समय सम्म कार्यरत विन्दु सिंजालीलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघ जिल्ला समन्वय समिति चितवनका अध्यक्ष थापामगर र सिद्धार्थ नगर समिति पूर्वी चितवनका अध्यक्ष बीरबहादुर सिंजालीले सम्मानपत्र र मेडलले सम्मान गरेका थिए । कार्यक्रममा नेपाल मगर संघ पिप्ले भण्डारा सयुक्त गुठीका अध्यक्ष कृष्णबहादुर सिुंजाली,नेपाल मगर विद्यार्थी संघ चितवनका अध्यक्ष मिलन थापा,नेपाल आदिवासी जनजाति संघ राप्ती नगर समितिकी उपाध्यक्ष रुकु रानामगर,कोषाध्यक्ष रामबहादुर सारुमगर,प्रेम पद्य्मा गुठीका अध्यक्ष नारायण सिंह थापा लगायतले मन्तव्य राखेका थिए । सिद्धार्थ नगर समिति पूर्वी चितवनका अध्यक्ष सिंजालीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

Share.

Leave A Reply