play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

जोशी प्रकरणलाई पार्टीको छवि जोगिने गरी विरोध गर्ने कांग्रेसको निर्णय

0

साउन, १९ –

प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भावी रणनीति तय गर्न जुटेको छ । सुनुवाइ समितिमा जोशीलाई अस्वीकृत गर्दा असहमति राख्दै बैठक बाहिस्कार गरेको कांग्रेस यस विषयमा धारणा बनाउन आन्तरिक छलफलमा जुटेको छ ।

शनिबार बिहान सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्डमा बसेको पार्टी पदाधिकारी, पूर्व पदाधिकारी तथा सांसदहरुको बैठकमा प्रधानन्यायाधीश प्रकरणलाई कसरी उठाउने भन्ने विषयमा छलफल भएको छ ।

छलफलमा सहभागी एक नेताका अनुसार कांग्रेसले प्रस्तावित प्रधानन्यायाधीश जोशी प्रकरणलाई व्यक्तिगत रुपमा नभइ संवैधानिक र राजनीतिक विषयका रुपमा संसद तथा राजनीतिक फोरमहरुमा उठाउने निष्कर्ष निकालेको छ ।

व्यक्तिगत रुपमा जोशीको बचाउन गर्नु उपयुक्त नहुने ठहर गर्दै कांग्रेसले यो विषयलाई संवैधानिक मुद्दा बनाउने निर्णय गरेको हो । व्यक्तिगत मुद्दाका रुपमा उठाउँदा पार्टीको छविमा समेत असर पुग्ने भएकाले राजनीतिक र संवैधानिक मुद्दा मात्र बनाउन लागिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

कांग्रेसले संवैधानिक परिषद्ले सिफारिस गरेको व्यक्तिलाई सुनुवाइ समितिबाट अस्वीकृत गर्दा स्वतन्त्र न्यायपालिकामा असर पुग्ने जिकिर गर्दै आएको छ ।

कांग्रेसले सत्ताले पक्ष दुई तिहाइ बहुमतको आधारमा मात्र जोशीबारे पर्याप्त अध्ययन नै नगरी अस्वीस्कार गर्ने निर्णय गरेको आरोप लगाएको छ ।

Share.

Leave A Reply