play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

ट्रम्पलाई कमजोर मूल्यांकन नगर्न चीनलाई चेतावनी

0

साउन १९ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका उच्च आर्थिक सल्लाहकारले शुक्रबार चीनले नयाँ व्यापार करसम्बन्धी दिएको चुनौतीबारे जवाफ दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कमजोर मूल्यांकन नगर्न चेतावनी दिएका छन् ।आर्थिक सल्लाहकार ल्यारी कुड्लोले ट्रम्पले उचित प्रतिक्रिया दिने बताएका हुन् ।
कुड्लोको यो प्रतिक्रिया बेइजिङले अमेरिकी प्रशासनले चीनमाथि लगाएको थप व्यापार करबारे चेतावनी दिँदै अमेरिकी सामानमा अर्को ६० अर्ब अमेरिकी डलर बराबरको व्यापार कर लगाउने बताएको केही समयमै आएको हो ।ट्रम्पले विशेषगरी चीनलाई लक्षित गरी नयाँ व्यापार नीति ल्याएपछि चीनले अमेरिकी सामानमा नयाँ कर लगाउने बताएको थियो । रासस/एएफपी

Share.

Leave A Reply