play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

उत्तर कोरियाले नयाँ ब्यालेष्टिक मिसाइलको काम गरिरहेको दावी

0

साउन, १५ ।
उत्तर कोरिया र अमेरिकाबीच सम्बन्धमा सुधार भइरहेका बेला अमेरिकी सञ्चारमाध्यमहरुले भने उत्तर कोरियाले ब्यालेष्टिक मिसाइलको काम गरिरहेको दाबी गरेका छन् ।

अमेरिकाको वासिङटन पोष्टलाई एक जना अमेरिकी अधिकारीले गुप्तचरी स्याटलाईटले प्योङयाङ नजिकको सानुम्डोङ ब्यालेष्टिक मिसाइल उत्पादन गर्ने क्षेत्रमा नियमित गतिविधि भैरहेको जानकारी दिएका थिए ।

तर यो प्रक्रिया कति अगाडि बढिरहेको छ भन्नेबारे भने स्पष्ट नभएको बताइएको छ ।

गत जुनमा सिंगापुर शिखर वाता पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच कोरियाली प्रायद्वीपलाई पूर्ण निःशस्त्रीकरण गर्ने सहमति भएको थियो ।

वार्तापछि ट्रम्पले उत्तर कोरिया अब आणविक चुनौति नभएको बताउनु भएको थियो ।

उत्तर कोरियाले पछिल्लो ९ महिना यता कुनै पनि आणविक परिक्षण गरेको छैन भने केही परीक्षण स्थल नष्ट गरेको दाबीसमेत गरेको छ

Share.

Leave A Reply