play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

मुख्य विपक्षी दल नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशैभर प्रदर्शन गर्ने

0

साउन १५, मुख्य विपक्षी दल नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशैभरि प्रदर्शन गर्ने भएको छ । सरकार लोकतान्त्रिक मुल्य मान्यता विपरित अधिनायकवादी बाटोमा अघि बढेकाले खबरदारी गर्न ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागिएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।संसदमा सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने भए पनि अहिले एकै दलका सभामुख र उपसभामुख रहेका, महंगी रोक्न प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको, निषेधित क्षेत्र तोक्दै नागरिक अधिकारको हनन गरेको तथा संवैधानिक अंगमा हस्तक्षेप गरेको ठहरसहित सबै जिल्लामा प्रदर्शन गरिने उहाँले बताउनुभयो ।कांग्रेसले नाम राख्न बाँकी पाँचवटा प्रदेशको नाम राख्नुपर्ने र प्रदेश राजधानी तत्काल तोक्न पनि माग गरेको छ । आफू नेतृत्वमा बनेको सरकारकाले गरेको ६५ वर्ष पुगेका नागरिकलाई बृद्ध भत्ता दिने तथा भूकम्प प्रभावित परिवारलाई प्रति परिवार १ लाख रुपैया राहत रकम थप गर्ने निर्णय तत्काल लागू हुनुपर्ने, मिर्गौला, क्यान्सर तथा मुटुको गम्भीर रोग लागेका बिरामीलाई महिनाको ५ हजारका दरले राहत दिने निर्णयलाई पनि निरन्तरता दिनुपर्ने कांग्रेसको माग छ ।

Share.

Leave A Reply