play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

पूर्वी चितवनका ५ वटा लायन्स क्लव र लियो क्लवको संयुक्त रुपमा पदस्थापन कार्यक्रम सम्पन्न

0

शिशिर सिंखडा
रत्ननगर, चितवन, १४ श्रावण ।
पूर्वी चितवनका ५ वटा लायन्स क्लव र लियो क्लवको संयुक्त रुपमा पदस्थापन कार्यक्रम गरिएको छ । लायन्स क्लव अफ रत्ननगर, चितवन राइनो सिटी, पदमपुर कालिका, रत्ननगर समृद्धि र लायन्स क्लव अफ चितवन कालिका तथा लियो क्लव अफ रत्ननगरको संयुक्त कार्यक्रम भएको हो ।
कार्यक्रममा मानव सेवा आश्रममा आश्रितहरुलाई लुगा धुन सहजताको लागि वासिङ्ग मेशिन सहयोग गरिएको छ । कार्यक्रममा हुने खादा, माला र पार्टीको खर्च कटाएको सो रकमबाट वासिङ्ग मेशिन खरीद गरी असहायहरुलाई सहयोग गरिएको लायन्स क्लव इन्टरनेशनल ३२५ बी २ का एओजी निरज श्रेष्ठले जानकारी दिए ।
लायन्स क्लव एरिया ३ का अध्यक्ष देवेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लव इन्टरनेशनल ३२५ बी २ का गभर्नर सुनिल ओझा, पूर्व डिस्ट्रिक्ट गभर्नर राजकुमार श्रेष्ठ, चिफ डिस्ट्रिक्ट एडभाइजर रामप्रसाद भट्ट, प्रथम भाइस गभर्नर अनुप पहारी, द्वितीय भाइस गभर्नर शम्भु नकर्मीले मन्तव्य व्यक्त गरेका थिए । त्यसैगरी ३२५ बी २ का एओजी निरज श्रेष्ठ, जोन चेयर पर्सन एवम् कार्यक्रम संयोजक उमेश गिरी, जोन चेयर पर्सन शिवलाल श्रेष्ठ, क्लवका वर्ष २०१७÷१८ का अध्यक्षहरु भिम बहादुर नेपाल, बिनोद रेग्मी, गंगा सुवेदी, गणेश आचार्य, ओमप्रकाश गुप्ता एवम् वर्ष २०१८÷१९ का अध्यक्षहरु चन्द्रिका महत, शिशिर सिंखडा, ओमलाल सापकोटा, अनिल अधिकारी, बलराम घिमिरे, विष्णु पौडेलले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।

Share.

Leave A Reply