play_circle_outline On Air

बिबिसी नेपाली सेवा

play_circle_outline On Air

बिबिसी नेपाली सेवा

उत्तरी क्यालिफोर्नियाको जंगलमा विशाल अागलागी हुदा दुर्इकाे मृत्यु,हजाराै‌ं घर छाेडेर भाग्न बाध्य

0

साउन १२,उत्तरी क्यालिफोर्नियाको जंगलमा लागेको डढेलो नियन्त्रण गर्न गएका दुइ अग्नि नियन्त्रकको मृत्यु भएको छ।ठूलो क्षेत्रमा फैलिएको विशाल आगलागीबाट दशौं हजार नागरिकहरु घर छोडेर अन्यत्र भाग्न बाध्य भएका छन् । स्थानीय अधिकारीहरुका अनुसार क्यालिफोर्नियाको शास्ता काउण्टीमा लागेको अागाेको लप्कालाई हावाले झन ठूलो आगोको आँधीमा परिणत गरेको र त्यसले रुखहरु जरैसमेत लडाउनुका साथै कारहरुलाई पल्टाइरहेको छ ।क्यार फायरका नामले चिनिएको विशाल आगलागीले कम्तीमा पाँच सय संरचना नष्ट गरिसकेको छ भने हज्जारौं घर जोखिममा परेका छन् ।
अग्निनियन्त्रकहरु आगलागी नियन्त्रणका लागि संघर्ष गरिरहेका छन् । तर अहिलेसम्म पाँच प्रतिशत जति मात्र नियन्त्रणमा आएको छ ।यो विशाल आगलागी गएको सोमबार सुरु भएको र यसले अहिलेसम्म करीब ४८ हजार एकड बराबरको भूभाग खरानी बनाइसकेको छ ।आगलागीकाे कारण अझै अज्ञात छ ।

Share.

Leave A Reply