अर्काे जोडी गैंडाको नामाकरण – भालेको ‘सोल्टी’ र पोथीको ‘मितिनी’

0

चितवन, साउन, १० ।
सरकारले जनवादी गणतन्त्र चीनलाई उपहार दिन लागेको अर्काे एक जोडी गैंडाको पनि नामाकरण गरेको छ । सौराहामा रहेको एक जोडी गैंडामध्ये भालेको नाम सोल्टी’ र पोथीको नाम ‘मितिनी’ राखिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिनुभयो । ढकालले केन्द्रबाटै ती गैंडाको नामकरण भएर चितवन निकुञ्जमा एसएमएस प्राप्त भएको बताउनुभयो ।

‘मितिनी’ लाई चितवन निकुञ्जको पश्चिम सेक्टरबाट गएको वैशाखमा नियन्त्रणमा लिएर सौराहामा राखिएको हो । ‘सोल्टी’ चाहिँ अघिल्लो वर्ष बाढीले बगाएर भारतीय सीमा नवलपरासीको त्रिवेणीबाट उद्धार गरेर ल्याइएको हो ।

गत चैत २८ गते चीनलाई उपहार दिइएको एक जोडी गैंडाको नाम ‘रुपसी र भद्र’ राखिएको थियो । रुपसी र भद्र हाल चीनको चिमे लङसफारीमा रमाइरहेका ती गैंडाको रेखदेखमा रहनुभएका वन्यजन्तु प्राविधिज्ञ तीर्थ लामाले जानकारी दिनुभयो ।

सरकारले हालसम्म १० देशलाई २६ गैंडा उपहार दिइसकेको छ ।सरकारले एकसिंगे गैंडाको बाह्य बासस्थान संरक्षणको सिद्धान्त अनुसार मित्रराष्ट्रलाई समयसमयमा गैंडा उपहार दिँदै आएको छ । पछिल्लो गणनामा चितवन निकुञ्जमा ६०५ गैंडा रहेका छन् ।

Share.

Leave A Reply