play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

३० स्वास्थ्यकर्मी प्रहरी नियन्त्रणमा, पुलिस क्लबभित्रै धर्ना

0

साउन, १० ।
प्रहरीले करिब ३० जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई नियन्त्रणमा लिएको छ । महाराजगञ्ज शिक्षण अस्पताल अगाडिको सडकबाट प्रहरीले चिकित्सकहरुलाई नियन्त्रणमा लिएको हो ।
उनीहरु शिक्षण अस्पताल अगाडिबाट बालुवाटारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर सामान्य झडप भएको थियो ।
त्यसपछि प्रहरीले करिब ३० जना चिकित्सकहरुलाई नियन्त्रणमा लिएर भ्यानमा राखेर कोचेको थियो । पक्राउ परेकाहरुलाई नेपाल पुलिस क्लबमा राखिएको छ । पक्राउ परेकाहरु पुलिस क्लबभित्रै धर्नामा बसेका छन् ।
आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनरत छन् ।

Share.

Leave A Reply