play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

भारतीय प्रधानमन्त्री मोदीविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव खारेज, बिपक्षी भन्छन: मोदी विश्वकै उत्कृष्ट एक्टर

0

साउन ४,भारतीय लोकसभामा प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध विपक्षीले ल्याएको अविश्वास प्रस्ताव खारेज भएको छ ।सन् २०१४ मा सत्ता सम्हालेपछि भारतीय जनता पार्टी (बीजेपी) नेतृत्वको सरकारविरुद्ध ल्याएइएको अविश्वास प्रस्तावको पक्षमा १२६ सांसदको समर्थन रह्यो भने विपक्षमा ३२५ सांसदको समर्थन । ध्वनी मतले फैसला नभएपछि संसदमा मतदान भएको थियो । मतदान हुनुभन्दा पहिले प्रधानमन्त्रीले सदनमा आफ्नो प्रस्तावमाथि चर्चा गर्दै विपक्षीको कडा आलोचना गरेका थिए । उनले विपक्षीसँग कुनै मुद्धा नभएपछि मोदी हटाउमा मुद्धामा लागेको बताए । उनले भाषण गरिरहँदा तेलूगु देशम पार्टी(टीडीपी) तथा अन्य विपक्षी दलका सांसदले नाराबाजी गरिरहेका थिए । वर्तमान लोकसभामा जम्मा ५४३ सिट रहेको छ । त्यसमध्ये ९ सिट अहिले रिक्त छ । तसर्थ अहिले लोकसभामा कायम रहेको सांसदको संख्या ५३४ रहेको छ । यस हिसाबले सरकार बनाउन चाहिने साधारण बहुमत २६८ हुन्छ ।
अहिलेको अवस्थामा भारतीय जनता पार्टी लोकसभामा सबैभन्दा ठूलो दल हो । भारतीय जनता पार्टीसँग मात्रै २७२+१ (लोकसभा अध्यक्ष) सांसद छन् । बीजेपी नेतृत्वको सरकारलाई समर्थन गर्ने अन्य दलहरुमा शिवसेना(१८), लोक जनशक्ति पार्टी(६), अकाली दल(४) आरएलएसपी(३), जेडीयू(२), अपना दल(३), एनआर कांग्रेस(१), पीएमके(१) तथा एनपीपी(१) रहेका छन् ।शुक्रबार भने भारतीय लाेकसभामा ४५१ जना सांसद मात्रै उपस्थित भएका थिए । संसदमा १९ सिट रहेकाे बीजू जनता दल र १८ सिट रहेकाे शिवसेना भने मतदान प्रकियामा नै सहभागी भएनन् । तर ३७ सिट रहेकाे अन्नाद्रमुक दलले अविश्वास प्रस्तावकाे विपक्षमा मत दियाे ।

Share.

Leave A Reply