play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

आमा समूह र विद्यार्थी विरोधमा उत्रिएपछि डा.केसीलाई लिन गएका पछि हटे

0

साउन ३, विगत २० दिनदेखि चिकित्सा क्षेत्रको सुधारका लागि जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई लिन गएका प्रदेश नम्बर ६ का मुख्य मन्त्री महेन्द्रबहादुर शाही र आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीसहितको सरकारी टोली पछि हटेको छ।

डाक्टर केसीको माग पुरा नभएसम्म उनलाई जुम्लाबाट बाहिर लैजान नदिने भन्दै गाउँ गाउँबाट आमा समूह सदरमुकाम आएका थिए।

विद्यार्थी, स्थानीय र आमा समूहको प्रत्यक्ष विरोधपछि डा. केसीलाई लिन मुख्यमन्त्री शाहीसहितको सरकारी टोली पछि हटेको हो।

डा. केसीको पछिल्लो स्वास्थ्य अवस्था कमजोर बन्दै गएको जानकारीपछि सरकारले बुधबार राति उनलाई लिन हेलिकप्टर पठाउने निर्णय गरेको थियो।

डा. केसीका जायज मागहरू पूरा गराउन माग गर्दै देशभरका चिकित्सकहरू यतिबेला आन्दोलित भइरहेका छन्। यसैबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, प्रतिष्ठानमा अध्ययनरत एच ए र स्टाफ नर्सका विद्यार्थीहरू समेत डा. केसीको पक्षमा उत्रिएका छन्।

स्रोतका अनुसार डाक्टर केसीलाई जसरी भए पनि उठाएर ल्याउनु भन्ने माथिको आदेश भएकाले सरकारी टोलीले त्यहीँ अनुसारको तयारी थालेको छ। तर डाक्टर केसी आफ्नो माग पुरा नभएसम्म कहीँ नजाने बताउँदै आएका छन्।

अहिले बाक्लो मात्रामा नेसशस्त्र प्रहरी र नेपाल प्रहरीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पहरा दिइरहेका छन्।

डा. केसीलाई काठमाडौं लिन आएका टोलीलाई उपस्थित सबैले षडयन्त्र नगर्न समेत चेतावनी दिएका छन्। यसैबीच मुख्यमन्त्री शाहीले आफूहरू डा. केसीको सम्मान गर्न र वार्तालाई सहज बनाउन आएको बताए।

‘हामी सहज वातावरण बनाउन चाहन्छौं। हाम्रो उपस्थितिलाई शंका नगर्न आग्रह गर्दछौं,’ उनले भने।

यस्तै एक विद्यार्थीले पनि डाक्टर केसीको माग पुरा नभएसम्म उनलाई काठमाडौं लैजान नदिने अडान लिएका छन्।

‘सरकारले डा. केसीको माग पुरा गरेको छैन, उहाँका सम्पूर्ण मागहरू जनताको पक्षमा छन्, त्यसैले माग पुरा नगरी अपहरण शैलीमा कुनै पनि हालतमा काठमाडौं लैजान मिल्दैन,’ सरकारी टोलीलाई भित्र छिर्न नदिएका एचएका विद्यार्थी वेद प्रसाद तिमिल्सिनाले सेतोपाटीसँग भने।

त्यस्तै, प्रतिष्ठानका कर्मचारी चेत बहादुर रोकायाले ‘डा केसीका माग पुरा नगरी केबल उहाँलाई मात्र काठमाडौं लैजान खोजेकाले कसैलाई पनि भित्र छिर्न नदिएको स्पष्ट पारे।

उनले हेलिकप्टरमा आएका सरकारी टोली र प्रतिष्ठानका भिसी लगायतको टोली वार्तामा बसिसकेका छन्।

यसैबीच जुम्ला प्रहरी प्रशासनले जिल्लाका चारैतिरबाट सदरमुकाममा आउने कुनै पनि सवारी साधनलाई छिर्न दिएको छैन।

Share.

Leave A Reply