play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

निजि क्याम्पसहरूलाई दिएको सम्बन्धन खारेज हुँदैन : उपकुलपति ढकाल

0

शिव गौतम – चितवन,
साउन २ – कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा। डा। ईश्वरी प्रसाद ढकालले विश्वविद्यालयले विभिन्न आठ वटा निजि क्याम्पसहरूलाई दिएको सम्बन्धन खारेज नहुने बताउनुभएको छ ।

आज भरतपुरमा विश्वविद्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कसैको दबाबमा आएर निजि क्याम्पसहरूलाई सम्बन्धन नदिएको उल्लेख गर्दै फेरि कसैको दबाबमा आएर सो सम्बन्धन खारेज नगर्ने बताउनुभयो ।

विश्वविद्यालयले नियमविपरीत सम्बन्धन दिएको भन्ने आरोपमा सत्यता नभएको भन्दै उहाँले विश्वविद्यालयले सर्वसम्मत निर्णयलाई पालना गर्दै नियमानुसार नै सम्बन्धन दिइएको बताउनुभयो ।

उहाँले विश्वविद्यालयका प्राध्यापकहरूको निजि क्याम्पसमा लगानी हुने गरेकाले तत् तत् क्याम्पसलाई मात्र सम्बन्धन दिइएको भन्ने हल्ला गलत भएको बताउनुभयो ।

उहाँले विश्वविद्यालयले कार्यकारी परिषद्को स्वीकृति विना स्वामित्व परिवर्तन, विक्री वितरण गर्न समेत रोक लगाइएको र उक्त कलेजहरूको अनुगमन र निरीक्षण गर्दा मापदण्ड र सर्त पूरा गरेको नदेखिएमा विश्वविद्यालयले त्यस्तो सम्बन्धन निलम्बन तथा खारेज गर्न सक्ने बताउनुभयो ।

ढकालले विश्वविद्यालयमा तालाबन्दी गराएर पठनपाठन र शैक्षिक गतिविधिलाई प्रभावित पार्ने आन्दोलनरत पक्षलाई संयमित बन्न र वार्ताका माध्यमबाट समस्या समाधान गर्न अपील गर्नुभयो । तर आन्दोलनरत समूहले भने सम्बन्धन खारेज गर्नुपर्ने अडान छाडेका छैनन् ।
विश्वविद्यालयले आगामी शैक्षिक सत्रबाट लागू हुने गरी ७ वटा कृषि र १ वन विज्ञान गरी कूल ८ वटा निजि क्याम्पसहरूलाई सम्बन्धन दिएको थियो । सम्बन्धन प्राप्त गर्ने क्याम्पसहरूमा पूर्वाञ्चल कृषि क्याम्पस झापा, जिविका कृषि विज्ञान कलेज इटहरी, भ्याली कृषि क्याम्पस ललितपुर, हिमछाया कलेज गैंडाकोट, सिद्धान्त क्याम्पस प्रा।लि। गैंडाकोट, रामनगर टेक्निकल एण्ड मेनेजमेन्ट कलेज भुमहि नवलपरासी, गोरखा युनाइटेड पब्लिक स्कूल प्रा।लि।

कोहलपुर र ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस सुर्खेत रहेका छन् । चार वर्षअघि विश्वविद्यालयले दर्खास्त आह्वान गरेकोमा २४ निजी क्याम्पसले आवेदन दर्ता गराएका थिए ।

Share.

Leave A Reply