भइरहेको विश्वकप फुबटल– २०१८ को फाइनल खेलमा क्रोएसियाबिरुद्ध फ्रान्सले २ गोल गरेको छ । खेलको २८ औं मिनेटमा क्रोएसियाले गोल फर्काए सँगै बराबरीमा चलिरहेको खेलमा क्रोएसियाको खेलाडीले फल गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो । पेनाल्टीमा गोल गर्न सपःल भएपछि फ्रान्सले क्रोएसिया सँगको गोलअन्तर बढाएको हो। यअघि खेलको १८ औं मिनेटमा क्रोएसियाले आत्माघाति गोल गरेपनि क्रोएसियाले खेलको २८ औं मिनेटमा उत्कृष्ट गोल गरेर बराबरीमा ल्याएकाे थियो ।
रुसको सेन्ट मस्कोस्थित लुजनिकी रङ्गशालामा दुवै टोली विजय लक्ष्यका साथ मैदानमा उत्रीएका छन् ।
उपाधिको दाबेदार मानिएको फ्रान्स दोस्रो पटक विश्वकपको उपाधि जित्ने दाउमा छ, भने क्रोएसिया उपाधि जित्दै विश्वकपमा नयाँ इतिहास रच्ने तत्परमा छ । क्रोएसिया विश्वकपको फाइनलमा पहिलोपटक पुगेको हो ।
सेमिफाइनलमा फ्रान्सले बेल्जियलाई १–०ले पराजित गरेको थियो भने क्रोएसियाले इंग्ल्याण्डलाई २–१ गोलअन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियोे ।