play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

राप्तीका किसानले जैविक विषादी प्रयोग गर्न थाले

0

२८ असार । राप्ती नगरपालिका वडा नं १ का किसानहरुले वालीनालीमा जैविक विषादी प्रयोग गर्न थालेका छन । किसानहरुले रासायनिक विषादीको प्रयोग विस्तापित गरी जैविक विषादी प्रयोग गर्न थालेका हुन । सो वडाका २७१ जना किसानले तरकारी तथा परम्परागत वालीनालीमा जैविक विषादी प्रयोग गर्न थालेको राप्ती नगरपालिका अन्तर्गतको कृषि शाखाका प्रमुख श्रीकृष्ण न्यौपानेले जानकारी दिए । एक बर्ष अघि सुरु गरिएको आइपीएम कृषक पाठशालाबाट प्रभावित भएर किसानहरुले रासायनिक विषादीको प्रयोग विस्तापित गर्न थालेको उनले बताए । ९९ प्रतिशत विषादीको प्रयोग हुने सो नगरपालिकाले वडा नं.१ बाट रासायनिक विषादी प्रयोगको अन्त्य गर्ने अभियान सुरु गरेको हो । जैविक विषादीको प्रयोग बढाउन कृषि शाखाले तीन ठाउँमा ठुला ट्याङकी र प्रत्येक घरमा साना ट्याङकी वितरण गरेको छ । किसानहरुले खुर्सानी,निपमत्ता,गाईको विसाब हालेर घरमै जैविक विषादी उत्पादन गरेर प्रयोग गर्न थालेको न्यौपानेले बताए । मेयर प्रभा बरालले रासायनिक विषादी विस्तापित गर्दे तीन बर्ष भित्र नगरलाई आइपीएम युक्त नगर घोषणा गर्ने बताइन ।

Share.

Leave A Reply