play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

गुनासो आउन नदिने भरतपुर अस्पतालका मेसुको प्रतिबद्धता

0

असार २७, भरतपुर अस्पतालमा भएका गुनासोको सम्बोधन गरेर विरामीको सेवालाई प्रभावकारी बनाउन अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. रविन खड्काले एक महिनादेखी निगरानी राखेका छन । कर्मचारीले काम र जिम्मेवारीको निगरानी गरेका छन । विरामीको उपचारका लागी सेवा प्रभावकारी बनाउन उनी लागी परेका छन । एक महिना अघि आएका डा. खड्काले विभिन्न पक्षसंग छलफल गरेका छन । अस्पतालका विभिन्न विभागका चिकित्सक , स्वास्थ्यकर्मी तथा कर्मचारीलाई भेटेर विरामीको सेवामा समर्पित हुन आग्रह गरे । कर्मचारीको रुपमा मात्र नभई विरामीको समस्या बुझेर लाग्न निर्देशन दिएका छन । अस्पतालमा बढी चाप हुने ओपीडी , विमा , प्याथोलोजीलाई चुस्त दुरुस्त बनाउने योजना सुनाए । अहिलेसम्म भएको प्रगती र उपलब्धिलाई साथमा लिएर अघि बढ्ने उनले समेत बताए ।
एक महिनाको अवधिमा उनले अस्पतालको समस्या र प्रगती वारे जानकारी लिएका थिए । अस्पताल सुधारका लागी सामान्य कुराबाट थालनि गर्ने उनको योजना छ । तर परिवर्तनका लागी केही समय लाग्ने उनले बताए । डा. खड्काले केन्द्रीय अस्पतालको रुपमा विकास गर्न लविङ सुरु गरेको उनको भनाई छ । जिल्ला अस्पतालको मान्यता पाएपनि केन्द्रीय अस्पताल सरहको सेवा दिएको भन्दै सरकारबाट मान्यताद लिन पहल गर्ने बताए उपचारमा कुनै लापरवाही भए कारवाही गर्ने भन्दै सबै मिलेर काम गर्नु पर्नेमा जोड दिएका छन । अस्पतालको सेवा सुधार गरेर जनताको अस्पतालको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन ।

Share.

Leave A Reply