play_circle_outline On Air

नेपाल दर्पण

play_circle_outline On Air

नेपाल दर्पण

डिएफआईडी नेपाल प्रमुख र मुख्य मन्त्री पोखरेल बीच भेटवार्ता

0

असार २७ – बेलायत अन्तर्राष्ट्रिय सहयोग नियोग डिएफआईडीका नेपाल प्रमुख डा। रूरिक मार्सदेनले मंगलबार मुख्यमन्त्री शंकर पोखरेललाई भेट गरी प्रदेश सरकारका प्राथमिकताका बारेमा जानकारी लिएका छन्।

मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारले अहिले कानुन निर्माणलाई तीब्रता दिईरहेको र प्रादेशिक योजना आयोग बनाएर प्रादेशिक योजना निर्माण गरिरहेको जानकारी गराए।

भेटमा डिएफआइडी नेपाल प्रमुख डा। मार्सदेनले डिएफआइडीले स्वास्थ्य क्षेत्रमा काम गरिरहेको, प्रदेश सरकारका प्राथमिकतामा र व्यवस्थित शहरीकरणका निम्ति प्रदेश सरकारसँग सहकार्य गर्न तयार रहेको बताए।

मुख्यमन्त्रीले चालु परियोजनाका बारेमा समीक्षा गर्न आग्रह गर्दै समुदायलाई लाभ पुग्ने र नतिजा दिने विकास परियोजनामा आगामी दिनमा छलफल गर्दै अघि बढ्न सकिने बताए।

Share.

Leave A Reply