play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ जस्ताको त्यस्तै ल्याउन नसकिने शिक्षामन्त्रीको स्पष्टोक्ति

0

असार २६, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ जस्ताको त्यस्तै ल्याउन नसकिने स्पष्ट पार्नु भएको छ ।मन्त्री पोखरेलले यो विधेयकलाई जस्ताको तस्तै ल्याउन व्यवहारिक रुपमा पनि नमिल्ने तर्क गर्नु भयो । विधेयकबारे राष्ट्रिय सभामा पेश गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले विधेयकलाई सामयिक बनाउन प्रधानमन्त्रीकै नेतृत्वमा १७ सदस्यीय उच्चस्तरीय आयोग बनाउने गरी प्रतिस्थापन विधेयक ल्याइएको पनि स्पष्ट पार्नुभयो ।
उहाँले मेडिकल कलेज स्थापना गर्ने विषयमा आवश्यक निर्णय लिने काम त्यही आयोगलाई दिने व्यवस्था गरिएको दावी गर्नुभयो । मन्त्री पोखरेलले आयोग गठन गरेर चिकित्सा क्षेत्रमा देखिएका सबै समस्या समाधान गरेर जान पनि वरिष्ठ चिकित्सक केसीलाई आग्रह गर्नु भयो । उहाँले आयोग गठन गर्ने बेला अनसनमा बसेर वरिष्ठ चिकित्सक केसीले सही काम नगरेको दावी समेत गर्नुभयो ।मन्त्री पोखरेलले वरिष्ठ चिकित्सक केसीको स्वास्थ्य उपचारका लागि सरकार गम्भीर रहेको पनि बताउनुभयो ।

Share.

Leave A Reply