play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

प्रदेश ३ को राजधानीका लागि ५ जिल्ला सिफारिस हुँदै

0

असार २६, प्रदेश ३ को राजधानीबारे सम्भाव्यता अध्ययन गर्न गठित विशेष समितिले आज सभामुख सानुकुमार श्रेष्ठलाई प्रतिवेदन बुझाउदैछ । २ महिनाको अवधिमा गरेको स्थलगत अध्ययन, प्रश्नावलीको आधारमा समितिले प्रतिवेदन तयार गरेको प्रतिवेदन सभामुख श्रेष्ठलाई बुझाउन लागिएको समिति सभापति दिपक निरौलाले जानकारी दिनुभयो । भौगोलिक अवस्था, पुर्वाधार, बाटोको पहुँच, केन्द्रविन्दु लगायतका मापदण्डका आधारमा अंक दिएर प्राथमिकता क्रम तोकिएको छ । समितिका एक सदस्यका अनुसार, प्राथमिकताक्रम अनुसार अध्ययन गरिएका ५ जिल्ला सिफारिस हुदैछन् । यसअघि समितिले जेठ २८ देखि ३० गतेसम्म चितवन, काभ्रे, भक्तपुर, नुवाकोट र हेटौंडाको स्थलगत अध्ययन गरेको थियो । काभ्रे, मकवानपुर, भक्तपुर, नुवाकोट, सिन्धुपाल्चोक, चितवन, ललितपुर र रामेछापले जिल्लाको बस्तुगत स्थिति झल्कने गरी पठाएको १ सय २३ प्रश्नसहितको प्रश्नावली पनि समितिले अध्ययन गरेको थियो । निर्णय गर्ने कार्यविधीबारे भने सभामुखले तोक्ने सभापति निरौलाले बताउनुभयो ।

Share.

Leave A Reply