play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

प्रतिपक्षी दलले कमजोर त्यान्द्रो समाएर आन्दोलन गर्न खोजेको प्रधानमन्त्रीको आरोप

0

असार २५, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले कमजोर त्यान्द्रो समाएर आन्दोलन गर्न खोजेको बताएका छन् ।नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बैठकलाई सोमबार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले जनताको पक्षमा गरिरहेको कामलाई आझेलमा पार्न अनेकन प्रयास भएको बताए ।प्रधानमन्त्रीले ‘बेमौसममा कराउनेहरु केही दिनमा आफैं चुप लाग्ने’समेत स्पस्ट पारे । उनले शान्ति–प्रक्रियाका केही अवशेष पनि अब चाँडै नै टुंग्याइने धारणा राखे ।प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा विधेयकलगायतका विषयमा सांसदलाई अडानका साथ कुरा राख्न आग्रह गरे ।प्रधानमन्त्री ओलीले प्रतिपक्षी नेपाली कांग्रेसतर्फ लक्षित गर्दै हरेक विषयमा संसदमा बहस गर्न चुनौती दिए ।काठमाडौंमा १० वर्ष मेडिकल कलेज खोल्न नपाउने, एउटा विश्वविद्यालयले पाँचओटाभन्दा बढी कलेजलाई सम्बन्धन नदिनेजस्ता कुरा व्यावहारिक नभएको प्रधानमन्त्रीको भनाइ थियो ।
संसदमा पेस भएको चिकित्सा शिक्षा विधेयक सरकारको नीतिअनुसार नै भएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।नेपाली विद्यार्थीलाई स्वदेशमा पढ्न नदिएर विदेश पठाउनुपर्ने, हजारौं विगाहा जमिन खरिद गरेर, भवन बनाएर चलाएका अस्पताललाई कलेज बनाउन रोक्न नमिल्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।संस्कृत विश्वविद्यालयका उपकुलपति स्वीकृत नलिइ विदेश जान लागेकाले उनलाई रोकिएको प्रधानमन्त्रीले स्पस्ट पारे ।निर्वाचन आचारसंहिता लागू भएपछिका राजनीतिक नियुक्ति खारेज गरिएको र त्यो विधि बसाउनका लागि गरिएको प्रधानमन्त्रीको भनाइ थियो ।बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, नेता झलनाथ खनाललगायतको उपस्थिति थियो ।

Share.

Leave A Reply